धनगढी – डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दिपायल स्थित सिलगढी नगरपालिका वडा नम्बर ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन् ।
कडायत गोगनपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यही पौष ११ गते घरबाट निस्केका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सो वन क्षेत्रमा शव फेला परेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै उता बझाङमा पनि एक पुरुष मृत फेला परेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६ पी खेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन् ।
मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतवार मृत फेला परेको प्रहरी जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box