काठमाडौं – नेकपा एकीकृत समाजवादीकाे पोलिटब्यूरो बैठक आज सोमबार बस्दैछ।
शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले आज पोलिटब्यूरो बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे बोलाएको हो ।
स्थायी कमिटीमा सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई धार देखिएपछि बृहत् छलफल गरेर निर्णय लिन पोलिटब्यूरो बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्नेलगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको थियो ।
बैठकमा अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए ।
Facebook Comments Box