दार्चुला-दार्चुलाको नौगाड गाउँपालिकामा एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर कार्यक्रम सम्पन्न भएको छ। फागुन २९ गते आइतबार हिजो गाउँपालिकाको होपरीगाडमा एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर आयोजनामा १३० जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जनाएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजना तथा नौगाड गाउँपालिकाको आर्थिक सहयोगमा एक दिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर आयोजना गरिएको थियो। शिविरमा हात खुट्टा दुख्ने,घुडा दुख्ने,कम्मर दुख्ने,पिनास घाटी दुख्ने,टन्सिल ग्याष्ट्रिक दम सुगर उच्च रक्तचाप ,पाइल्स,कव्जियत महिलाहरुको तल्लो पेट दुख्ने, महिलाहरुमा सेतो पानी बग्ने समस्या, छाला, पत्थरी जस्ता समस्या भएका व्यक्तिहरुको निशुल्क उपचार गरी आयुर्वेदिक औषधि वितरण गरिएको कार्यालयका निमित्त कार्यालय प्रमुख रंगलाल महतले जानकारी दिए।
शिविरमा विशेषज्ञ डाक्टरहरुको टोलीले स्वास्थ्य चेकजाच गरिएको पनि बताइएको छ। शिविरमा ७३ जना महिला तथा ५७ जना पुरुषलाई सेवा दिइएको छ। शिविरमा सबै भन्दा बढि बाथरोगका विरामी फेला परेको पाइएको छ। यस्तै ग्याष्ट्रिक दम सुगर उच्च रतmचाप ,पाइल्स,कव्जियतका विरामीहरु बढि पाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जनाएको छ।