काठमाडौं — प्रतिनिधिसभा सदस्यमा शपथ लिन छुटेका प्रेम आले र माया राईले मंगलवार सपथ लिने भएका छन्। सिंहदरवारस्थित संघीय संसद्को सचिवालयको कानुन समितिको हलमा सपथ हुने भएको हो।
दिउँसो साढे १२ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ। प्रतिनिधिसभाका अरु सदस्यले जेष्ठ सदस्य पशुपति शम्शेरबाट पुस ७ गते संघीय संसद् भवन बानेश्वरमा लिएका थिए।
राई सुत्केरी भएका कारण सपथ लिन छुटेकी थिइन भने आलेको आमाको निधन भएको कारण शपथ लिन पाएनन्। आले नेकपा ९एकीकृत समाजवादी० बाट सांसद निर्वाचित भएका थिए। राई नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन्।
Facebook Comments Box