काठमाडौं – सपथ लिएको एक सातासम्म मन्त्रालय नगएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रालय गएको भोलिपल्टै कार्यस्थलमा खटिएका छन् । लामोसमयदेखि भ्रष्टाचार र अनियमितताको अखडा मानिँदै आएको यातायात कार्यालयको आकस्मिक अनुगमन गर्दै श्रेष्ठले कामको सुरुवात गरेका हुन ।
मन्त्री श्रेष्ठ मंगलबार बिहान ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् ।
उनका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा आएको बताए ।
मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिनाका साथै र सेवाग्राहीहरुको गुनासा सुनेका छन् । मन्त्री श्रेष्ठको अनुगमन जारी छ ।
Facebook Comments Box