काठमाडौँ – प्रतिनिधिसभा सदस्यद्वय प्रेम आले र माया राईले मङ्गलवार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नै उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद आले र नेपाली काँग्रेसकी राईले पुस ७ गते शपथ लिन नभ्याएपछि आज लिएका हुन्।
आले पारिवारिक शोकमा र राई सुत्केरी भएकाले शपथ लिन पाएका थिएनन्।
Facebook Comments Box