काठमाडौं – नेपाली सेनाका उपरथी (जर्नेल) प्रेमप्रकाश शाहीलाई सैनिक हिरासतमा राखिएको छ ।
शाहीलाई सैनिक मुख्यालय जंगी अड्डामा सैनिक हिरासतमा राखिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पुष्टी गरेका छन् ।
भण्डारीले भने, ‘उहाँविरुद्ध आर्थिक अनियमितताको उजुरी परेपछि नियन्त्रणमा हो ।’ त्यसबाहेक थप कुरा भने भण्डारीले केही खुलाएनन् ।
त्यसअघि शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै सैनिक मुख्यालय र रक्षा मन्त्रालयविरुद्ध पुस ७ मा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
शाही सेनामा रहेको दस्ताबेजका आधारमा ५८ वर्ष उमेर हद पूरा गरी यही पुस २० (बुधबार) मा नियमित अवकाशमा जाँदै थिए ।
Facebook Comments Box