बाजुरा -एकल महिलालाई बलात्कार गरी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यलय बाजुराले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका-५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस १३ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलात्कार गरेर फरार भएका थिए ।
शाहीलाई प्रहरीले खोजतलास गर्दा सोही गाउँपालिकाकै ईलाकामा लुकिछिपी बसेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी चर्तुभुज ओझाले बताए ।
शाहीलाई जिल्ला अदालत बाजुराले मिति २०७६ भदौ ३ गते २ बर्ष ६ महिना कैद ठहर गरेको थियो भने उच्च अदालत दिपायलले पनि मिति २०७७ मंसिर ३० गते २ बर्ष ६ महिना कैद ठहर गरेको थियो ।
शाहीलाई जिल्ला अदालत बाजुरामा पेश पश्चात कैद भुक्तानको लागि जिल्ला कारागारमा चलान गरिएको डीएसपी ओझाले जनकारी दिए ।