काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा सोमबार उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
रास्वपा संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको हो ।
दलको बैठकमा सांसदहरूले सभापति लामिछानेलाई सल्लाह समेत दिएका थिए ।
बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा. चन्दा कार्कीको नाम सिफारिस गरिएको सांसद सन्तोष परियारले जानकारी दिए ।
Facebook Comments Box