पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।
संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा सपथ खुवाउनेछन् ।
अधिकारीसँगै आज नै एमालेबाट रोशन गाहा, नेकपा (माओवादी केन्द्र) बाट हरि चुमान र सुशिला सिंखडा तथा राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री बन्दैछन् ।
अधिकारीले आजै शपथ लिने तयारी भइरहेको छ।
Facebook Comments Box