काठमाडौं – नेपालमा क्रिप्टो करेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा जस्ता वेबसाइट नचल्ने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो ।
आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो ।
अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।
Facebook Comments Box