काठमाडौँ – प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ ।
प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिला कुमारी राई र नेकपा (एमाले)की सिर्जना दनुवारको उम्मेदवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रदेशसभाको आज बिहान ११ बजे बस्ने बैठकले मतदान पक्रियाद्वारा उपसभामुखको चयन गर्ने छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेका छन् ।
Facebook Comments Box