महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन समय तोक्न सर्वदलीय बैठक सुरु भएको छ ।
ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गर्ने छ ।
सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि शुक्रबार पुन निर्वाचन गर्ने भनिएको थियो ।
हिजो दिनभर बैठक बस्न सकेन । अनिश्चित समय सम्म स्थगित गरिएको बैठक बारे छलफल गर्न सर्वदलीय बैठक सुरु भएको हो ।
Facebook Comments Box