काठमाडौँ – गण्डकी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।
प्रदेश सभाको शनिवारको बैठकमा भएको मत विभाजनपछि गोरखा १ (क) बाट निर्वाचित धिताल निर्वाचित भएका हुन् ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र गरी ३३ सांसदले धितालको पक्षमा मत जाहेर गरेका थिए ।
Facebook Comments Box