काठमाडौँ- सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच ५ घण्टा लामो ‘वान् अन वान्’ वार्तापछि मन्त्रालयीय भागबन्डा टुङ्ग्याउने ध्येयका साथ बैठक आह्वान गरिएको हो ।
बताइएअनुसार दलहरूले पाउने मन्त्रालयको सङ्ख्याबारे लगभग सहमति जुटिसकेको छ । बैठकले त्यसलाई अनुमोदन गर्ने नेताहरूले बताएको छ ।
Facebook Comments Box