काठमाडौंः सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छ। भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ।
सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो। त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।
‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं। भोलि मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले भने, ‘यहाँ भएको सहमतिबारे आआफ्नो पार्टीमा छलफल गर्छौं र एक बजे भन्दा अगाडि परिर्वतन पनि हुनसक्छ।’
सल्लाहमा कुनै मन्त्रालय हेरफेर भएपनि सपथ भने १ बजेका लागि तय भएको उनले बताए।
Facebook Comments Box