धनगढीः धनगढी उपमहानगरपालिकाका पूर्व मेयर खेमराज पाण्डेले माघ १ गते मकर संक्रान्तिका दिन बिहानै स्नान गरे। त्यसपछि उनी केहीबेरमा बिहान घर्किदै जादा हल्का घाम देखिन थालेपछि घरको आगनमा बसेर घाम तापिरहेका थिए। त्यही बेला उनकी छोरी सुष्माको फोन आयो। उनीहरुबीच कुराकानी नभएको लामो समय भइसकेको थियो।
सुष्माले पाण्डेलाई काठमाडौँ विमानस्थलको यात्रु प्रतिक्षा कक्षबाट फोन गर्दै आफू पोखरा गइरहेको बताइन्। यति एयरलाइन्सको विमानबाट छोरा स्लकसँगै माघी मनाउन पोखरा जादै गरेको उनले सुनाइन्।
पाण्डेले राम्रोसँग जानु भन्दै नातीको ख्याल गर्न सुझाव दिन नपाउदै उनले विमान उड्ने बेला भएको र आफू बस स्टेशनतर्फ जादै गरेको भन्दै विदा लिने अनुमती मागिन्। पाण्डेलाई उनले भनिन्, ‘ह्याप्पी माघी बुवा।’ त्यो नै उनीहरुको अन्तिम संवाद बन्यो।
छोरीसँग कुराकानी भएको केही मिनेटमै पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाको खबर आयो। छोरीसँग कुरा भएकाले पाण्डेले उनीहरु जिवितै भेटिने आशा मारिसकेका थिए। आखिर हुन पनि त्यस्तै भयो।
क्ञ्चनपुरका व्यवसायी सञ्जिवचन्द्र भट्ट पत्नी समेत रहेका सुष्मा र उनका छोराको विमान दुर्घटनामा दुःखद निधन भएको छ।