धनगढीः सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य माया पन्तले उम्मेदवारी दिएकी छन्। नेपाली कांग्रेसको समर्थनमा पन्तले उपसभामुखमा उम्मेदवारी दिएकी हुन्।
एकीकृत समाजवादीका प्रदेशसभा सदस्य नरेश शाहीको प्रस्ताव र कांग्रेसकी मधुदेवी भारतीको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्। सभामुख भीमबहादुर भण्डारीले मंगलबार साँझ ६ बजे उपसभामुख चयनका लागि प्रदेशसभाको बैठक बोलाएका छन्।
सत्तारुढ गठबन्धनले नेकपा एमालेकी कोइलीदेवी चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ। चौधरीले केही बेरमा उम्मेदवारी दिदैछन्। सचिवालयकाअनुसार साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
Facebook Comments Box