काठमाडौंः नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डेले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर मन्त्री पाण्डेले पदभार ग्रहण गरेका हुन्।
उनले महाकाली नदीमा तुइन विस्थापित गर्नका लागि झोलुङ्गे पुल निर्माण गर्ने पहिलो निर्णय गरेका छन्।
‘पश्चिम नेपालका कस्तो दर्दनाक अवस्था छ, तपाईंहरुले सुन्नुभएकै होला, त्यो काम अहिलेसम्म पूरा गर्न सक्दैन भने यो मन्त्रालय स्थापना भएर अर्थ पनि छैन,’ उनले भने, ‘त्यहाँ आधा घण्टाको अन्तरमा झोलुङ्गे पुल निर्माण हुन्छ ।’
महाकाली नदीमा आधा घण्टाको अन्तरमा कति ओटा झोलुङ्गे पुल चाहिन्छ अध्ययन गरेर आवश्यकताको आधारमा बनाउने उनले बताए।
Facebook Comments Box