धनगढी: नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको मन्त्रालय खोसिने सम्भावना देखिएको छ। स्रोतका अनुसार केही दिनमै भण्डारीको मन्त्रालय खोसिन लागेको हो।
सात दलीय गठबन्धनमा सहभागी एउटा दल सिके राउत नेतृत्वको जनमत पार्टीले उक्त मन्त्रालय माग गरेको र भण्डारीलाई अरु मन्त्रालयमा व्यवस्थापन गर्नेगरी मन्त्रीपरिषद् हेरफेर गरिन लागेको उच्च स्रोतले महेन्द्रनगरपोस्टलाई बतायो।
स्रोत भन्छ-जनमतलाई उद्योग दिने लगभग सहमति भएको छ। यस अघि पनि जनमत पार्टीले नै सो मन्त्रालय मागेको थियो। यो सम्बन्धमा बालकोटमा पनि छलफल भएको छ।
यता, जनमत पार्टीले पनि उद्योग मन्त्रालय आफूले पाउनुपर्ने बताउँदै आएको छ।
Facebook Comments Box