धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार अभियान चलाउने भएको छ। पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो।
चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय रास्वपाले गरेको छ। यही माघ महिनाभित्र सबै प्रदेशमा विस्तारित बैठक गरी प्रदेश समितिको पुनर्गठन गर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठकले प्रदेश समितिको विस्तारित बैठकको मिति पनि तय गरेको छ। माघ १४ गते प्रदेश १ को विराटनगर, १६ गते मधेश प्रदेशको जनकुपुर, १८ गते बागमती प्रदेशको मकवानपुर, २१ गते गण्डकीको पोखरा, २४ गते लुम्बिनीको दाङ, २६ गते सुदूरपश्चिमको धनगढी र २८ गते कर्णालीको सुर्खेतमा बैठक बस्ने तय गरेको छ।
Facebook Comments Box