धनगढीः कञ्चनपुरमा घरमा लुकाएको अवस्थाको काठ बरामद गरिएको छ। जिल्लाको लालझाडी गाँउपालिका–५ देखतभूलीमा अवैध रुपमा लुकाएर राखिएको काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय लालझाडीले जनाएको छ।
सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले स्थानीय ६ घरबाट अवैध काठ बरामद गरिएको बताए। यादवकाअनुसार चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद गरिएको हो।
जसमा स्थानीय सुविता रानाको घरबाट ६.८७ चिरान, ३८.२८ गोलिया, मोति रानाको घरबाट १५.१८ चिरान, ३८.०१ गोलिया, मोलो रानाको घरबाट चिरान ३३.७४, काली रानाको घरबाट चिरान १९.०१, विक्रम रानाको घरबाट २७.१४ र भङगी रानाको घरबाट ३२.९४ क्युफिट गोलिया बरामद गरिएको छ।
Facebook Comments Box