काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नियुक्त भएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालयले डिआइजी पोखरेललाई केन्द्रीय प्रवक्तामा नियुक्त गरेको हो ।
यसअघि डिआइजी टेकप्रसाद राई केन्द्रीय प्रवक्ता थिए । राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
Facebook Comments Box