धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको एक होटलमा छापा हानेर नियन्त्रणमा लिएका सञ्चालकसहितका पाँच जनालाई छाडेको छ ।
धनगढीको शहीदगेट नजिकैको सिगाश होटलका सञ्चालक लोक धामीसहितका अन्य चार जना युवायुवती (२ युवा–२ युवती) लाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालयले अवैध यौनजन्य गतिविधि भइरहेको सूचनाका आधारमा होटलमा छापा हानेर उनीहरुलाई नियन्त्रणमा लिएको तर अनुसन्धानका क्रममा उक्त कुरा नखुलेपछि सोमबार छाडिएको जनाएको छ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले तत्काल उनीहरु यौनजन्य गतिविधिमा संलग्न रहेको भन्ने पुष्टि नभएका कारण बोलाएको बेला उपस्थित हुनेगरी आफन्तको जिम्मा लगाइएको बताए।
Facebook Comments Box