धनगढीः आरोमा जेड इलेक्ट्रिक स्कुटी धनगढीमा पनि पाइने भएको छ। धनगढीस्थित आरोग्य मोटर्स प्रालिले इलेक्ट्रिक स्कुटी बजारमा ल्याएको हो। मोटर्सले धनगढी उपमहानगरपालिका ५ तारानगरमा मुख्य सोरुम राखेर बिक्रि वितरण शुरु गरेको छ।
स्कुटी ६ घण्टा चार्ज गरेर १ सय ६० देखि १ सय ८० किलोमिटर चलाउन सकिने आरोग्य मोटर्स प्रा।लीका प्रबन्धक अर्जुन जैगडीले जानकारी दिए। पेट्रोलियम सवारी साधन जस्तै महँगो इन्धन किन्नुपर्ने बाध्यता र महिना÷महिनामा सर्विस गर्नुपर्ने झन्जट समेत यस स्कुटीले अन्त्य गर्ने विश्वास लिइएको छ। यस इलेक्ट्रिक स्कुटीले इन्धनमा हुने खर्च जोगिने र ध्वनी प्रदुषणपनि कम हुने विश्वास लिइएको छ। स्कुटीको मुल्य फाइनान्स गरे २ लाख ७० हजार र नगद खरिद गरे करिब अढाइ लाखसम्म पर्ने जनाइएको छ।
धनगढीमा पाइने मुख्य ३ वटा मोडलहरुमा अन्य शहरको तुलनामा ३० हजार सस्तो पाइने मोटर्सका सञ्चालक यज्ञ ढुंगानाले बताए। ग्राहकले खरिद गरेपछि कुनै समस्या नआओस भनेर कम्पनिले इलेक्ट्रिकल इन्जिनियर समेत राखेको कम्पनिले जनाएको छ। साथै यातायात कार्यालयमा लाग्ने ३ बर्षको नविकरण शुल्क कम्पनिलेनै ब्यहोर्ने बिषेश सुबिधा ल्याइएको छ।
यस्तै धनगढीका लागी आधिकारिक बिक्रेता आरोज्य मोटर्सलेनै १ सय ९० सि सि को आरोमा जेड मोटरसाइकलपनि बजारमा ल्याएको छ । मोटरसनइकलको मुल्य फाइनान्स सहित ४ लाख ८० हजार छ । ४० देखी ४२ प्रतिलिटर माइलेज दिने मोटरसाइकल जापनिज मोडलको मोटरसाइकल हो । पहाडी क्षेत्रमा तथा लामो रुटमा हिन्नका लागी आरामदायी हुने आरोग्य मोटर्सका सञ्चालक यज्ञ ढुंगानाले बताए ।