धनगढीः कैलालीमा पासोमा परेको चित्तलको उद्दार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ को स्थानीय जंगलमा सिकारीले थापेको पासोमा परेको अवस्थामा चित्तलको उद्दार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
चित्तलको स्थानीय र वनका कर्मचारीले उद्दार गरेका हुन्। घाइते अवस्थाको चित्तलको शरीरमा घाउ छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा उपचारपछि चित्तललाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ।
Facebook Comments Box