धनगढीः मंगलवार बाजुरामा आएको भूकम्पले भएको क्षतिको पुरा विवरण अझै आएको छैन। भूकम्प आएको तीन दिन बित्दा पनि क्षतिको पुरा विवरण नआएको हो।
हिमपात र वर्षा भएकाले भूकम्पले गरेको क्षतिको विवरण संकलनमा ढिलाई भएको बताइएको छ। स्थानीय प्रशासनका अनुसार भूकम्प प्राविधिकको समूह गएर क्षतिको विवरण संकलनको काम जारी छ।
जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु भएर मंगलवार दिउसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्नटूड्को भूकम्प आएको थियो। उक्त भूकपम्पको कारण भिरबाट खसेको ढुंगा लागेर गौमुल गाउँपालिका वडा नम्वर २ कि ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो। अन्य तीन जना घाइते भएका छन्।
भूकम्पका कारण बाजुराका ८ स्थानीय तहमा क्षति भएको छ। जिल्लाका ६० घरमा पूर्ण क्षति, ५९ मा आंशिक र एक सय ३ र ५ सरकारी भवनमा आशिंक क्षति भएको जनाइएको छ।
Facebook Comments Box