काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सर्वोच्च अदाललको फैसलापछि शक्रवार बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता मुकुल ढकालले बताए।
बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ। उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो। उनी रास्वपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा श्रममन्त्रीको जिम्मेवारीमा छन्। बैठकमा रवि लामिछाने उपस्थित भएनन्। बैठकले आजको सर्वोच्चको फैसलालाई सम्मान गर्ने र कार्यन्वयन गर्ने निर्णय गरेको छ।
नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि उनको पद गएको थियो। लामिछाने नागरिकता मुद्दामा दोषि देखिएपछि उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट स्वतः अलग भएका छन्।
Facebook Comments Box