धनगढीः बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको बनारसी धाममा अगामी मंगलबार जात्रा लाग्ने भएको छ। सुर्नया नदी किनारमा रहेको बनारसी धाममा विशेष पुजाआजासहित १७ गते माघ सुक्लदशमीको दिन जात्रा लाग्ने भएको हो। यो धाममा सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थीहरु आउने गर्छन्।
विशेषगरी यो जात्रामा यहाँ दलित समुदायका पुजारीबाट प्रशाद ग्रहण गर्ने प्रचलन छ। यसलाई जातिय सद्भावको रुपमा लिइने गरिन्छ भने कुनै विभेद नगरी सबै समुदायका व्याक्तिहरुले पुजाआजामा सहभागी भएर दलित समुदायका पुजारीबाट प्रशाद ग्रहण गर्दै आएका छन्।
यसैबीच पाटन नगरपालिकाले बनारसी धाममा लाग्ने जात्राका लागि मंगलबार सार्वजनिक विदा समेत दिएको छ। बनारसी धाममा लाग्ने जात्राको अवसरमा विदा दिने निर्णय भएको वडा नम्बर ८ का वडाध्यक्ष हरिश बिष्टले बताए।
Facebook Comments Box