धनगढीः धनगढी ६ लेन सडकमा राखिएका डिभाईडर हटाउन थालिएको छ। डिभाईडरले सवारी दुर्घटना बढेको भन्दै धनगढी उपमहानगरपालिकाको सहकार्य र मोहना अत्तरिया ६ लेन सडक खण्डको सहयोगमा मोहना अत्तरिया ६ लेन सडक खण्डमा राखिएका डिभाईडर हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सवारी दुर्घटना न्युनिकरण तथा सडकमा नै हुने पार्किङलाई निरुत्साहित पार्न उक्त मोहना अत्तरिया ६ लेन सडक खण्डमा राखिएका डिभाईडर हटाउने कार्य सुरु भएको जनाएको छ।
यस्तै साईकल चालकले सडक प्रयोग गर्दा बाँया लेनको प्रयोग, साईकलमा रिफ्लेकटिभ स्टिकरको प्रयोग, सडक क्रस गर्दा अपनाउनु पर्ने सावधानि र रातिको समयमा टल्कने जाकेटको अनिवार्य प्रयोग गर्ने समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सचेतनामुलक कार्यक्रम गरेको छ।
Facebook Comments Box