काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी लाइसेन्सका लागि भएको परीक्षाको परिणाम फेरबदल गरी फेललाई पास र पासलाई फेल एवं परीक्षामा नै सहभागी नभएकालाई पास गराउने ९ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ कर्मचारीविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धि आरोपपत्र दायर गरेको जानकारी दिएका छन् ।
अख्तियारले शाखा अधिकृत पौडेल, हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल भ्रष्टाचारमा संलग्न रहेको भन्दै आरोपपत्र दायर गरेको हो ।
Facebook Comments Box