धनगढी : धनगढीमा एसबी कृषि मार्ट सञ्चालनमा आएको छ । व्यवसायी विष्णुराज बुर्लाकोटीले एसबी कृषि मार्ट सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार कृषि संग सम्बन्धित मार्ट नेपालमै पहिलो पटक धनगढीमा खुलेको हो ।
किसानलाई वयवसायीकरण गराई उत्पादनमा समावेस गराउँदै उपभोक्तालाई स्वस्थकर र गुणस्तरिय खाद्या सामाग्री उपलब्ध गराउन, किसानलाई आवश्यक बीउ, मलखाद तथा कृषि सामग्री शुलभ मुल्यमा उपलब्ध गराउन, अर्गानिक खेतिमा किसानलाई आकर्षित गराउन कृषिमार्ट सञ्चालनमा ल्याइएको सञ्चालन बुर्लाकोटीले बताए ।
मार्टमा कृषि सम्बन्धी सम्पुर्ण सामग्री सुपथ मुल्यमा पाइनुका साथै लोप हुँदै गएका स्थानीय खानाका परिकार उपलब्ध हुने उनले बताए । कृषि मार्टले किसानलाई कृषि सम्बन्धी प्रशिक्षण दिने, माटोको निशुल्क परिक्षण गरी माटो अनुसारको वाली प्रबद्र्धनमा टेवा पु¥याउने, कृषि र भेटेनरी सम्बन्धी किसानलाई निशुल्क परामर्स सेवा दिने उद्देश्य समेत रहेको उनले बताए ।
एसबी कृषि मार्ट सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मंगलबार उद्घाटन गरेका हुन् । संविधानमै समाजबाद उन्मुख अर्थतन्त्र ल्याउने परिकल्पना गरिएको भएपनि त्यस अनुसार सरकारका नीति कार्यक्रम आउन नसकेका उनले बताए ।
देशको आर्थिक बिकासमा महत्वपुर्ण योगदान दिन सक्ने कृषि व्यवसायलाई सरकाररले प्रसय दिने प्रयाप्त कार्यक्रम समेत नआएका उनले बताए । प्रदेश प्रमुख जोशीले कृषि व्यवसायलाई प्राथमिकतामा नराख्दा पछिल्लो समय आयात बढेको र त्यसले नेपाको आर्थिक सम्वृद्धि भन्ने नारालाई समेत ओझेलमा पारेको बताए । एसबी कृषि मार्टले उत्पादनलाई प्राथमिकता दिनुपर्ने र उपभोक्तालाई अर्गानिक सामाग्री उपलब्ध गराउन उनले आग्रह गरे । सरकारले गर्नेकाम एस.बी कृषि मार्टले गर्न थालेको उनले बताए ।