धनगढी: कैलाली प्रहरीले कागजपत्र किर्ते गरेर मोटरसाइकल चलाइरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रदेश अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय भजनीको टोलीले लम्कीचुहा नगरपालिका–१० का ३१ वर्षीय खेम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक -डीएसपी_ वेदप्रकाश जोशीले चौधरीले सुपप्र ०१–००८ प १६८६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा कागजात किर्ते गरेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।
Facebook Comments Box