धनगढीः कैलालीमा भारतबाट अवैध रुपमा भन्सार छली गरेर सामान ल्याइरहेको अवस्थामा साहुजीसहितका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान टीकापुर नगरपालिका–४ अस्नेहरीमा भारतबाट भन्सार छली ल्याउदै गरेको सामानसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय अरुण गुप्ता (साहुजी), भारतको तिकुनिया बस्ने २४ वर्षीय सलमान हस्मी, १८ वर्षीय तारिख कुरेसी र ४८ वर्षीय अस्लम हस्मी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।
उनीहरुको साथबाट ४० हजार रुपैयाँ बराबरको साढे चार बोरा मम्फली र साइकल बरामद गरिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।
Facebook Comments Box