घनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अशोक सिंहले मातहत अधिकारीहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्।
प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका समादेशक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुखलगायतलाई भर्चुअल माध्यमद्वारा निर्देशन दिएका हुन्।
उक्त अवसरमा डिआइजी सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर लाग्न निर्देशन दिए।
‘जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुस्,’ उनले भने।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको १० बुँदे कार्ययोजना मातहतमा समेत अक्षरस कार्यान्वयन गर्न डिआइजी सिंहले निर्देशन दिए।
भारतसँगको खुल्ला सिमा नाकाहरुका कारण लागूऔषध सेवन तथा ओसारपसार बढेको र त्यसलाई नियन्त्रण गर्न पनि उनले आग्रह गरेका छन्।