काठमाडौं: काठमाडौंको किर्तिपुरमा युवा व्यवसायी फिरोज सिंहले नेवारी रेस्टुरेन्ट संचालनमा ल्याएका छन्। हालै उनले सस: ट्वा नामक रेस्टुरेन्ट खोलेका हुन्।
उनका अनुसार सस भनेको ससुराली र ट्वा भनेको टोल हो। उनले यो रेस्टुरेन्टमार्फत त्यो टोललाई नै परिचित गराउन खोजेको पनि बताएका छन्।
यस्तै यो नेवारी रेस्टुरेन्ट भएकाले यहाँ नेवारी स्पेसल खानाका प्रकारहरु उपलब्ध रहने उनको भनाई छ।
यस्तै यहाँ आउनेहरुको सत्कार र मीठो खाना खुवाउनुका साथै नेवारी संस्कृतीलाई प्रवर्द्धनसमेत गर्ने हेतुले रेस्टुरेन्ट संचालनमा ल्याइएको उनले जनाए।
Facebook Comments Box
1 Comment
Sasa twa is one of the best newari restaurant