धनगढी: होटलको छतबाट खसेर धनगढीमा एक जना युवा घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित कमल रोशन होटल एण्ड लजको छतबाट खसेर अछामको मंगलसेनका २६ वर्षीय कपिल सोडारी घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्रबहादुर पालले राती करीब साढे १२ बजेतिर सोडारी छतबाट खसेर घाइते भएको जानकारी दिए।
सोडारीका दुवै खुट्टामा चोट लागेको छ। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box