काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटार आइतबार बिहान भएको भेटमा राउतले प्रधानमन्त्रीलाई आफनो पार्टीको भागमा परेको मन्त्रालयप्रति असन्तुष्टिसहित समसमयिक राजनीतिका बारेमा छलफल भएको राउतको सचिवालयले जनाएको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी जनमत पार्टीले अहिले खानेपानी मन्त्रालय सम्हाल्दै आएका छन्। जनमत पार्टीले सुरुदेखि उद्योग तथा आपूर्ति अथवा कृषि मन्त्रालय पाउनुपर्ने माग गर्दै आएपनि सपथको करिब १५ दिनपछि मात्रै मन्त्रीले खानेपानी मन्त्रालयमा पदभार गरेका थिए ।
Facebook Comments Box