काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी नदिने भएको छ । आइतबार मनोनयन दर्ता गर्नुअघि पार्टीबाट कसलाई उपाध्यक्षका लागि उम्मेदवार बनाउने भन्ने विषयमा धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकले पार्टीबाट राष्ट्रिय सभाको उपाध्यक्षमा कसैलाई नउठाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्षमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने भएसँगै कांग्रेसले उक्त पदमा दाबी नगर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले भने उर्मिला अर्याललाई उपाध्यक्षमा उठाउने निर्णय गरिसकेको छ । यसअघि कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेविरुद्ध ईश्वरी न्यौपानेलाई उठाएको थियो भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उठाएको थियो ।
Facebook Comments Box