काठमाडौँ- सरकारबाट बाहिरिने निर्णय गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन मन्त्रीले आइतबार पत्रकार सम्मेलन गर्दैछन् । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरूले पत्रकार सम्मेलन गर्ने भएका हुन् । राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेकाे पार्टीका एक नेताले जानकारी दिए ।
रास्वपाले आइतबार पत्रकार सम्मेलनमार्फत् सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएकाे समर्थन भने कायमै राख्ने भएकाे छ ।