काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन्।
आज (बिहीबार) बिहान ५:३० बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाइ गर्ने मजदुरको तारिफ गरेका छन्।
उनले भने, ‘दिनरात चौबिसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदुर (ब्युटिसियन)हरूलाई हार्दिक धन्यवाद १ आंशिक सुधार हुँदैछ, आशा गरौँ पूर्ण सुधार हुने नै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ।’
अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् ।
मन्त्री भएपछि किराती पटक पटक विमानस्थलको अनुगमनमा गइरहेका छन्।
Facebook Comments Box