काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
संयन्त्रको बैठकको तयारीका लागि मङ्गलवार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो ।
नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरूका बीचमा सहमति जुटेको छैन ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् ।
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरूको रिहाइलाई पहिलो सर्तका रूपमा अगाडि सारेको छ ।
Facebook Comments Box