काठमाडौँ – परराष्ट्र मन्त्री विमला राई पौड्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा परराष्ट्र मन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबिया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिइन् ।
यस अवसरमा मन्त्री पौड्यालले साउदी अरेबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन् ।
मन्त्रीको सचिवालयको अनुसार भेटमा राजदूत हैमेदले साउदी अरबीयाको प्रगतिमा नेपाली श्रमिकको ठुलो योगदान रहेको उल्लेख गरे ।
उनले आफ्नो देशमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरू लैजाने प्रतिबद्धता जनाए ।