महेन्द्रनगर – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् ।
आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरीक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए ।
आजैबाट सुरु हुने कञ्चनपुर महोत्सव उद्घाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् ।
उनी आजै काठमाडौं फर्कने छन । प्रधानमन्त्रीमा नियुक्त भए पछि प्रचण्ड पहिलो पटक सुदूरपश्चिम भ्रमणमा गएका हुन ।
Facebook Comments Box