बैतडी-बालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका– ५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका छन्।
चैत ४ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार सोही दिन राति दुवै जनालाई पक्राउ गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
तामाङले बालिकालाई बलात्कार गरेको र गुरुङले बलात्कार कार्यमा सहयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
Facebook Comments Box