काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोप्रति विरोध जनाएका छन् । उनले आज बुधबारको संसद् बैठकमा बोल्दै ‘जनयुद्ध दिवस’को उपलब्धिमाथि प्रश्न चिन्ह खडा गरेका हुन् ।
उनले कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा र देशको सुरक्षालाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो ररु भनि प्रश्न समेत गरे। उनले भने,’संविधानमा जनयुद्ध शब्द कतै लेखिएको छैन। तर सरकारले जनयुद्ध दिवसमा बिदा दियो। जनयुद्ध दिवसको उपलब्धि के होरु कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा, देशको सुरक्षा परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र ?’
साथै, उनले सडक जाम नगरी राष्ट्रपतिको सवारी गराउन गृहमन्त्रीको समेत जिम्मेवारीमा रहनुभएको प्रधानमन्त्रीले किन नसकेको हो सो सम्बन्धमा संसदलाई जानकारी गराउन माग गरे ।
Facebook Comments Box