काठमाडौँ- मोबाइल व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा व्यवसायीहरुले नयाँ बसपार्क क्षेत्रमा फागुन १ गते भएको आन्दोलनका क्रममा भएको क्षेतिको क्षतिपूर्ति माग गरेका छन् ।
उनीहरुले बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरुबाट चोरी भएका र मलको संरचना तोडफोडका कारण भएको अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएका थिए ।
Facebook Comments Box