काठमाडौँ- न्याय सेवा आयोगले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको छ।
आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो ।
बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ। लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो।
Facebook Comments Box