चितवन – नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताएका छन्।
देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उनले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउने बताए ।
अध्यक्ष पोख्रेलले सञ्चारमाध्यमहरुबाट सबै वर्ग र समुदायको भाषामार्फत आफ्ना कुरा अघि बढाउन प्रयास गरेको फोनिजसँग महासङ्घले सहकार्य गरेर अघि बढिरहेको जानकारी दिए ।
फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राष्ट्रिय एकतालाई सर्वोपरी ठानेर फोनिज पत्रकारिता क्षेत्रमा लागेको बताए ।
आइतबारदेखि सुरु भएको फोनिजको सातौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्नेछ ।
Facebook Comments Box