कैलाली-धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपतिटोलमा लाग्ने लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिब्र पारिएको छ। यहि चैत १० गते देखि सञ्चालन हुने महोत्सवको तयारी ७५ प्रतिशत सकीएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।
धनगढी उपमहानरगपालिका–१ पशुपति टोलको खाली जमिन लाग्ने महोत्सवका लागि स्टल, चर्खाहरुको निर्माण कार्य तिब्र पारिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।महोत्सव चैत १० गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धनमा सघाउने आयोजकले जनाएको छ। यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई महोत्सवले उजागर गर्ने अपेक्षा गरिएको छ।
कोरोना महामारीका कारण सिर्जित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई आसावादी बनाइ पुनर्स्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने आयोजकको दाबी छ।
२०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको महोत्सवको यो १५ औँ संस्करण हो। महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने अध्यक्ष कुँवरले बताएका छन्।